जेठ ०६, २०८१, आइतबार
               

भारी वर्षासँगै चीनको हेनान प्रान्त डुबानमा

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

एजेन्सी । मध्य चीनमा भारी वर्षासँगै आएकोले बाढीले मानिसहरुलाई घर छाड्न बाध्य बनाएको छ भने रेल वे स्टेसनदेखि सडक जलमग्न भएका छन् । हेनान प्रान्तका १० हजारभन्दा बढी मानिस रेकर्ड वर्षापछि घर छाडेर आश्रयस्थलमा बस्न बाध्य बनेको बीबीसीले जनाएको छ ।

झेङझाउ सहरमा बाढीका कारण कम्तिमा १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारी वर्षाका कारण एक दर्जनभन्दा बढी शहरहरु जलमग्न बनेका छन् भने मुख्य सडकहरू बन्द रहेका छन् भने हवाई उडानहरु पनि रद्द बनेका छन् ।

अस्वभाविक रुपमा भएको भारी वर्षापछि ९.४ करोडको बसोबास रहेको हेनान प्रान्तमा मौसमबारे सबैभन्दा उच्च चेतावनी जारी गरिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि