जेठ ०१, २०८१, मंगलबार
               

अमेरिका र बेलायतले लगाए चीनमाथि साइबर आक्रमणको आरोप

नेपाल फ्ल्यास
साउन ०५, २०७८

ADVERTISEMENT

काठमाडाैं । अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् ।

साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ । 

बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताएका छन् । 

बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै भएको आरोप लगाएको बीबीसीले जनाएको छ ।

अमेरिका, बेलायत र युरोपियन युनियनले चिनियाँ रक्षा मन्त्रालयले समेत जासुसी गर्दै आएको आरोप लगाएका छन् । यो आरोपपछि चीन र पश्चिमा देशबीच तनाव बढ्न सक्ने सङ्केत देखिएको छ । 

चीनले साइबर आक्रमणका यसअघिका आरोपलाई अस्वीकार गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि