बैशाख १३, २०८१, बिहीबार
               

पाकिस्तान : ट्रक र बस जुध्दा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

एजेन्सी
साउन ०४, २०७८

ADVERTISEMENT

एजेन्सी । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।

डन न्युजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा. इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनामा घाइते भएका मानिसहरु ईदमा आफ्नो घर गइरहेका थिए ।


कस्तो लाग्यो ?

यो पनि