बैशाख ०८, २०८१, शनिबार
               

बाढीले घर भत्काउँदा मुम्बईमा २५ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

मुम्बई । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो । बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ ।

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीले रेल सेवालगायतका यातायात सेवा समेत अवरुद्ध हुँदा हजारौँ मानिस अलपत्र परेको बताइएको छ । 

बाढीका कारण भत्किएको घरको पर्खालले मात्रै च्यापेर १७ जनाको मृत्यु भएको घटनास्थलमा पुगेका उद्धारकर्ताहरूले जानकारी दिएका छन् । अरूको अन्य ठाउँमा मृत्यु भएको हो । 

मुम्बइको माहुल क्षेत्रमा स्थानीय समय अनुसार आइतबार दिउसो १ बजे घटना भएको हो । घटनामा परी अरु सात जना घाइते समेत भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि