जेठ ०१, २०८१, मंगलबार
               

खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण

नेपाल फ्ल्यास
साउन ०३, २०७८

ADVERTISEMENT

काठमाडाैं । कोरोना विरुद्धको खोपको दुवै डोज लगाएका बेलायतका स्वास्थ्य स्वास्थ्य सचिवलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य स्वास्थ्य सचिव साजिद जाविदलाई सङ्क्रमण भएको हो ।

उनले आफूलाई सामान्य लक्ष्यण देखिएको र आइसोलेसनमा बसेर घरबाटै काम गर्ने बताएका बीबीसीले जनाएको छ ।

अस्ति साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री जोन्सन आइसोलेसनमा बस्ने वा नबस्ने स्पष्ट भएको छैन । बेलायतमा पछिल्लो केही दिनयता सङ्क्रमण फेरि बढ्दै गएको छ ।

पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ सङ्क्रमित थपिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि