जेठ ०१, २०८१, मंगलबार
               

सहमतिको प्रयासका लागि तालिवान र अफगान सरकारबीच दोहामा भेट

एजेन्सी
साउन ०२, २०७८

ADVERTISEMENT

अफगानिस्तानमा हिंसा मच्चिरहेका बेला यसको समाधान निकाल्नका लागि अफगान सरकार र तालिवानका प्रतिनिधिहरूबीच कतारको दोहामा भेट भएको छ । पछिल्ला केही महिनादेखि दुई पक्षबीच बारम्बार दोहामा वार्ता चलिहेको छ, तर यसका बाबजुद अफगानिस्तानको अवस्था दिनहुँ बिग्रदैंछ । अफगानिस्तानबाट अमेरिकी र अन्य विदेशी सेना फर्कन थालेसँगै तालिवानले आफ्नो आक्रमणलाई गति दिएको छ । 
दोहामा छलफलका लागि गएको सरकारी प्रतिनिधिमण्डलको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गरेका छन् । अफगानी सरकारको प्रतिनिधिमण्डलका प्रवक्ता फ्राइदन ख्वाजुनले भने वार्ताद्धारामात्रै समाधान निस्कन सक्ने बताएका छन् । 
तालिवानका प्रवक्ता मोहम्मद नेइमले  पनि आफ्नो समूहले वार्ता र सहमतिमै जोड दिदैं आएको बताएका छन्  । तर, सहमतिको रटान दिए पनि तालिवानले अफगानिस्तानमा गर्ने व्यवहार फरक छ । शुक्रबार तालिवानी सैनिक र अफगानी सरकारी सेनाबीच स्पिन बोल्डाकमा भिडन्त भएको थियो । पाकिस्तानसँग सीमा जोडिएको यस क्षेत्रमा तालिवानले कब्जा जमाएपछि आफ्नो प्रभाव फर्काउनेगरी सरकारी सेनाले अपरेशन सुरु गरेको हो । व्यापार र पर्यटनका लागि महत्वपूर्ण यो रुट अफगान सरकारका लागि राजस्वको मुख्य स्रोत मानिन्छ । तालिवानले केही साताअघि ईरान, उज्वेकिस्तान र ताजाकिस्तानसँग जोडिएका क्षेत्र पनि कब्जा लिएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि