बैशाख २३, २०८१, आइतबार
               

जर्मनीमा भीषण बाढी, ३३ जनाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

वर्लिन । पश्चिमी जर्मनीमा आएको भिषण बाढीको कारण कम्तिमा ३३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । राइनल्यान्ड –प्यालाटिनेट र नर्थ राइन–वेस्टफालिया राज्य सबैभन्दा बढी बाढीबाट प्रभावित भएका छन् । ती राज्यमा थुप्रै घर र कार बगेका छन् ।

बाढीकै कारण छिमेकी मुलुक बेल्जियममा कम्तिमा चारजना मानिसको ज्यान गएको छ । यसैगरी, नेदरल्यान्डस पनि बाढीबाट नराम्ररी प्रभावित भएको छ ।

पश्चिमी युरोपका केही भागमा भएको भारी वर्षाको कारण प्रमुख नदीहरुका बाँध भत्किएकाले बाढी आएको विशेषज्ञहरुको भनाइ रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटवार्ताका लागि अमेरिका पुगेकी जर्मनीका चान्सलर एन्जेला मर्केलले यस दैवी प्रकोपप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि