जेठ ०२, २०८१, बुधबार
               

पाकिस्तानमा विष्फोट हुँदा नौ चिनियाँसहित १३ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT


काठमाडौं । पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा एक बसमा विष्फोट हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना चिनियाँ इन्जिनियर र चार जना स्थानीय रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पाकिस्तान खैबर पख्तनुख्वाको कोहिस्तानबाट श्रमिक लिएर दासु ड्याम पुगिरहँदा विष्फोट भएको बताइएको छ । विष्फोटको कारण खुलेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको पाकिस्तान अधिकारीहरुले बताएका छन् ।

पाकिस्तान प्रहरीका नायब कमीशनर अरिफ खान युसूफजैले ३० जना श्रमिकलाई लिएर प्रस्थान गरेको बस बिहान करिब साढे सात बजे दुर्घटनामा परेको बताएका छन् ।

रोयटर्सका अनुसार विष्फोटमा एक जना चिनियाँ नागरिक र एक प्रहरी हराइरहेका छन् । विष्फोटपछि बस खोलामा पुगेको थियो ।
यसैबीच, जल एवं ऊर्जा विकास निकायले चिनियाँ एक कम्पनीका श्रमिक उक्त बसमा यात्रा गरिरहेको पुष्टि गरेको छ । उद्धारका लागि टोलि परिचालन गरिएको र घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा भर्ना गरिएको निकायले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि