जेठ ०३, २०८१, बिहीबार
               

दक्षिण अफ्रिकामा भड्किएको दंगामा ७२ जनाको मृत्यु

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । पूर्वराष्ट्रपति ज्याकोब जुमा जेल परेपछि दक्षिण अफ्रिकामा भड्किएको दंगामा मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

हिंसा बढेपछि देशका विभिन्न भागमा सेना परिचालन भए पनि जुमा समर्थकको प्रदर्शन र लुटपाट रोकिएको छैन ।

सोवेतोमा रहेको सपिङ्ग सेन्टर सोमबार राति लुटपाटका क्रममा भएको भागदौडमा १० जनाको मृत्यु भएको छ ।  भुइँतलामा रहेको पसलमा लुटपाटको क्रममा आगजनी भएपछि डुर्बानको एक घरको माथिल्लो तलबाट शिशु फालिँएको बीबीसीले जनाएको छ । भीडमा रहेकाहरुले समातेपछि शिशुको उद्धार गरेका थिए ।

जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमाबाहेक दक्षिण अफ्रिकी कुनै पनि पूर्व राष्ट्रपतिलाई सजायँ सुनाइएको थिएन ।

 


कस्तो लाग्यो ?

यो पनि