बैशाख १७, २०८१, सोमबार
               

अष्ट्रेलियामा कोरोनाविरुद्धको खोपको मात्रा बढाउने

नेपाल फ्ल्यास
असार २५, २०७८

ADVERTISEMENT

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोनाविरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार सो कुराको घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।

उनले आगामी सेप्टेम्बर महिनामा ४५ लाख मात्रा खोप आउने लागेको र त्यसलाई अगष्ट महिनादेखि नागरिकलाई वितरण गरिने भएको पनि बताउनुभएको समाचारमा जनाइएको छ । उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए ।

सो खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि बताएका छन् । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको बताएका छन् ।

जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी पनि गराएका छन। शुक्रबारसम्म अष्ट्रेलियाका १६ वर्षमाथिका कम्तीमा पनि १० प्रतिशत नागरिकले खोप लिइसकेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि