बैशाख १७, २०८१, सोमबार
               

कोरोनाले मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

एजेन्सी
असार २४, २०७८

ADVERTISEMENT

विश्वमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । अमेरिकाको प्रतिष्ठित जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो । यसमध्ये सर्वाधिक धेरै ६ लाख ६ हजार अर्थात् कुल मृत्यु १५ प्रतिशत मृत्यु अमेरिकामा छ । यसपछि ब्राजिल र भारतमा सबैभन्दा धेरै मृतक छन् । 

अमेरिका र युरोपमा नयाँ संक्रमण र मृत्युका घटना कम भइरहेका बेला यो आँकडा सार्वजनिक भएको हो । यी देशहरुमा अहिले ठूलो जनसंख्याले खोप लगाइसकेको छ । तर, विकासशील देशहरु अहिले पनि कोरोनासँग जुधिरहेका छन् । यहाँ, नागरिकका लागि पर्याप्तको खोप उपलब्ध भइसकेको छैन ।

बढी संक्रामक र खतरनाक मानिएको डेल्टा भेरिएन्टका कारण पनि केही देश र क्षेत्रमा मृतकको संख्या बढेको छ । अमेरिकामा अहिले नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा धेरैमा डेल्टा भेरियन्ट देखिएको छ । विशेषगरी विकासशील विश्वमा कोरोना परीक्षण सुस्त गतिमा भइरहेको छ । त्यहीकारण, संक्रमितहरुको यकिन संख्या पहिचान हुन सकेको छैन । वास्तविक मृतकको संख्या पनि बाहिर देखिएभन्दा धेरै हुनसक्ने विज्ञहरुको बुझाइ छ । 


कस्तो लाग्यो ?

यो पनि