बैशाख १७, २०८१, सोमबार
               

मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, अधिकांश युवा र सीमान्तकृत समुदाय

एजेन्सी
असार २३, २०७८

ADVERTISEMENT

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बुधबार) मन्त्रिपरिषदमा ब्यापक फेरबदल गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।

मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिला छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।

नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर भएका छन् । क्याबिनेटमा अधिकांश युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।

मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।

दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषद् फेरबदल गरेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषदमा परिवर्तन गरेका हुन् ।

यी हुन् १५ केन्द्रीय मन्त्री

नारायण राणे
सर्बानन्द सोनोवाल
वीरेन्द्र कुमार
ज्योतिरादित्य सिंधिया
आरसीपी सिंह
आश्विनी वैष्णव
पशुपति कुमार पारस
किरण रिजिजु
हरदीप सिंह पुरी
मनसुख मंडाविया
भुपेन्द्र यादव
पुरुषोत्तम रुपाला
जी किशन रेड्डी
अनुराग ठाकुर

यी हुन् राज्यमन्त्री

पंकज चौधरी
अनुप्रिया पटेल 
सत्यपालसिंह बघेल
राजीव चन्द्रशेखर
शोभा करंदलाजे
भानुप्रसाद सिंह बर्मा
दर्शनविक्रम जरदोश
मीनाक्षी लेखी
अन्नपूर्ण लेखी
ए नारायण स्वामी
कौशल किशोर
अजय भट्ट
बिएल बर्मा
अजयकुमार
देवसिंह चौहान
भगवंत खुबा
कपिल पाटिल
प्रतिमा भौमिक
सुभास सरकार
भगवत कृष्ण राव कराड
राजनकुमार रंजन सिंह
भरती प्रवीण पवार
विश्वेश्वर टुडू
शांतुन ठाकुर
महेन्द्रभाई मुंजापारा
जाँन बारला
एल मुरुगन
नीतिश प्रामाणिक

यो पनि