जेठ ०१, २०८१, मंगलबार
               

तालिवानको आक्रमणपछि झण्डै एक हजार अफगान सेना ताजिकिस्तानमा पलायन

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

एजेन्सी । तालिवानी लडाकूहरुसँगको झडपपछि आफगानिस्तानका एक हजार भन्दा बढी सेना छिमेकी ताजिकिस्तान पुगेका छन् ।ताजिकिस्तानको सीमा क्षेत्रमा सशस्त्र विद्रोहीसँग भएको झडपपछि ती सैनिक पलायत भएर ताजिकिस्तान पुगेका हुन् ।

तालिवानीहरुले आफ्नो देशतर्फका सडक सञ्जाल विच्छेद गरेपछि ज्यान जोगाउन ती सैनिक ताजिकिस्तान पुगेको बताइएको छ ।

ताजिकिस्तानको सीमा सुरक्षा गार्डले विज्ञप्ति जारी गरेर छिमेकी राष्ट्र अफगानिस्तानका सैनिक सुरक्षाका लागि आफ्नो मुलुकमा आएको जनाएको छ ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा सशस्त्र विद्रोही समूहको सक्रियताका कारण हिंसात्मक गतिविधिहरु बढ्दै गएका छन् ।

२० वर्ष अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता हुने प्रक्रिया सुरु भएलगत्तै अफगानिस्तानमा विद्रोहीका गतिविधि बढ्न थालेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि