जेठ ०१, २०८१, मंगलबार
               

फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु, ४० घाइते

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

एजेन्सी । फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको त्यहाँका रक्षामन्त्रीले जानकारी दिएका छन् । राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।

जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् । हामी थपको ज्यान बचाउन सकियोस् भनेर प्रार्थना गरिरहेका छौँ,’ उनले भने । 

उनका अनुसार विमानले रनवेमा अवतरण गर्न नसकेपछि नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

फिलिपिन्सको वायु सेनाले भित्र्याएको नयाँ विमानहरू मध्ये यो सी–१३० एक विमान थियो । यसलाई सेना र बन्दोबस्तीका सामान बोक्नका लागि प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक विपत्तिमा पनि राहतका सामग्री ढुवानी गर्नका लागि यसको प्रयोग गरिन्छ ।


कस्तो लाग्यो ?

यो पनि