जेठ ०१, २०८१, मंगलबार
               

भारतमा थप ४४ हजार १११ नयाँ सङ्क्रमित

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृत्यु भएको छ । 

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै देखिदै गएको छ । 
सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुँदै गएको छ । 

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सबैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ । 

कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसमुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् । यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ९७.०६ प्रतिशत  छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि