बैशाख २१, २०८१, शुक्रबार
               

यूएईले लगायो दक्षिण एसियाली मुलुकबाट हुने यात्रामा प्रतिबन्ध

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

अबुधावी । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना नागरिकहरूलाई नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकालगायतका दक्षिण एसियाली देशमा यात्रामा  प्रतिबन्ध लगाएको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएईले विभिन्न १४ मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ ।

परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्युन’ले लेखेको छ ।

यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् भारत, बंगलादेश, श्रीलङ्का, लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, युगान्डा, जाम्बिया, भियतनाम, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो ।

यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ ।

यूएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड– १९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।

यसैबीच, यूएईले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्व स्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि