बैशाख २२, २०८१, शनिबार
               

युरोकपको महाकुम्भ चलिरहँदा युरोपमा कोभिडको नयाँ लहर, संक्रमित बढ्दै

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

यति बेला दुई वटा महादेशका महादेशस्तरीय फुटबल प्रतियोगिताहरू भइरहेका छन् । युरोपमा युरोकप भइरहेको छ । उता दक्षिण अमेरिकामा कोपा अमेरिका जारी छ ।  दक्षिण अमेरिकाका विभिन्न सहरका स्टेडियममा भव्य दर्शकसहित खेल जारी रहँदा कोभिड सङ्क्रमण दर बढेको सुनिएको छैन ।

तर, यता युरोकप जारी रहेको युरोपका विभिन्न सहरमा कोरोना भाइरसको सङ्क्रमणको नयाँ लहर सुरु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । गतवर्ष तिनै युरोपका विभिन्न सहरमा कोरोना महामारीले विषम परिस्थिति ल्याएको थियो । इटालीले त इतिहासकै भयानक स्वास्थ्य संकट बेहोरेको थियो । 

स्वास्थ्य संकटको धुलो थिग्रिन सुरु गरिरहेका ती सहरमा युरोकप हेर्न एक देशबाट अर्काे देशमा जाने क्रममा सङ्क्रमण बढेको समेत केही सञ्चार माध्यहरूले बताएका थिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार झन्डै दुई महिनापछि युरोपमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा फेरि अर्को चरणको महामारी सुरु हुनसक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको हो ।

युरोपेली देशहरूमा भौतिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा स्यानिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको छ । युरोपेली देशहरूमा अहिलेसम्म औसतमा २४ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएका छन् ।

यो पनि