बैशाख २२, २०८१, शनिबार
               

उखरमाउलो गर्मीका कारण क्यानडामा १३० जनाको मृत्यु

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

क्यानाडामा अप्रत्याशित रुपमा बृद्धि भएको तापक्रमपछि दर्जनौं व्यक्तिको मृत्यु भएको छ । भ्यानकुभरका प्रहरी अधिकारीहरुले गत् शुक्रबार यता १३० जनाको अचानक मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामा अधिकांश बृद्ध र स्वास्थ्यका अन्य समस्याबाट ग्रसित रहेका थिए ।

थुप्रै मृत्युको घटनामा उच्च तापक्रमले भूमिका खेलेको प्रहरी अधिकारीहरुले बताएका छन् । भ्यानकुभरका ६५ जनाको मृत्युको कारणमा उच्च तापक्रम प्रमुख भूमिका खेलेको छ । ब्रिटिश कोलम्बियास्थित लीटनमा तापक्रम आइतवार ४६.६ डिग्री सेल्सियस थियो भने सोमवार बढेर ४७.९ डिग्री सेल्सियस पुगेको थियो। यो साता अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको थिएन।

भ्यानकुभरको बाहिरीबस्ती रहेको बर्नेबीमा रहेका रोयल क्यानडियन माउन्टेड प्रहरी माइक कलान्जले भने, "आफ्ना छिमेकी, परिवारका सदस्य, ज्येष्ठ नागरिकको के भइरहेको छ, खोज्नुहोस्।"

"यो मौसम हाम्रो समुदायका जोखिममा रहेका सदस्यहरूलाई घातक हुनसक्ने हामीले देखिरहेका छौँ, खासगरी ज्येष्ठ नागरिक र पहिला नै स्वास्थ्य समस्या भएकाहरू बढी जोखिममा छन्। यस्तो अति गर्मीका बेला हामीले एकअर्काबारे बुझ्नु अति आवश्यक छ।"

बर्नेबीमा मात्रै प्रहरीले "एक्कासि मृत्यु" भएका २५ वटा घटनामा प्रतिक्रिया जनाएको बताएको छ र त्यसमा धेरैजसो निवृत्तिभरण पाइसकेका मानिसहरू छन्।

ग्लोब र मेल पत्रिकाले जनाए अनुसार ब्रिटिश कोलम्बियाका प्यारामेडिकहरूले आइतवार तापक्रम बढ्दा समस्या भएको भन्दै एकसयभन्दा बढी मानिसले फोन गरेर मद्दत मागेका बताएका थिए।

इन्भाइरोन्मेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिश कोलम्बिया र अल्बेर्टालाई चेतावनीसहितको सूचना जारी गरेको छ। त्यसबाहेकका उत्तरपश्चिमी भूभागलाई पनि सूचना जारी गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि