बैशाख २२, २०८१, शनिबार
               

टर्कीले रोक्यो नेपालसहित ६ मुलुकको सिधा उडान

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सीधा उडानमा रोक लगाएको छ । यसले युरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रासमेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि टर्किस एयरलाइन्सले सातामा दुई उडान गरिरहेको छ ।

नेपाल सरकारले उडान खुला गरे पनि टर्की सरकारले भने नेपालसहित भारत, माल्दिम्स, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सीधा उडानमा रोक लगाएको हो । यसका साथै अन्य मुलुकबाट टर्की छिर्दा समेत ७२ घण्टा भित्रको पिसिआर रिर्पोट अनिवार्य र १४ दिन क्वारेन्टिन बस्नेगरी मात्र टर्की प्रवेश गर्न दिने निर्णय त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

पाकिस्तान र अफगानिस्थानबाट जाने यात्रुलाई भने १० दिन क्वारेन्टिन अनिवार्य गरिएको छ । नेपाल सरकारले भने अघिल्लो साता मात्र नेपालमा कोरोना महामारी कम भएको भन्दै अन्तराष्ट्रिय उडानका प्रतिबन्ध खुकुलो बनाउने निर्णय गरेको थियो । जसमा टर्की पनि एक हो ।


कस्तो लाग्यो ?

यो पनि