बैशाख २५, २०८१, मंगलबार
               

बङगलादेशमा विस्फोट हुँदा सातको मृत्यु, ५० जना घाइते

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

बङ्लादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् ।

व्यवसायीक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 
बङ्गलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । विस्फोटनको ठोस कारण अहिलेसमम पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । 

ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।

सो व्यवसायीक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षति पुगेको पाइएको छ । दुई ओटा बस भने अधिकांश क्षति भएको छ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरूले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि