जेठ ०२, २०८१, बुधबार
               

सिरिया र इराकको सीमाक्षेत्रमा अमेरिकाको हवाई आक्रमण

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले सिरिया र इराकको सीमाक्षेत्रमा इरान समर्थित लडाकुलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।

अमेरिकाकी रक्षा मन्त्रालयले यो आक्रमण इराकमा अमेरिकी मानिसहरु र केन्द्रहरुमा गरिएको ड्रोन आक्रमणको जवाफी कारबाहीको रुपमा गरिएको बताएको छ । यो आक्रमणका लागि राष्ट्रपति जो बाइडेनले आदेश दिएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएपछि इरान समर्थित लडाकुमाथिको अमेरिकाको यो दोस्रो हवाई आक्रमण हो । 

इराकमा करिब २५ सय अमेरिकी सैनिक छन् ।अमेरिकाको रक्षा मन्त्रालयले उक्त आक्रमणमा कति जनाको मृत्यु भएको भन्ने खुलाएको छैन । तर, सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार उक्त आक्रमणमा पाँच लडाकु मारिएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार सो आक्रमणमा एक बालकको पनि मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । सन् २००३ मा अमेरिकाले आक्रमण गरेयता इराकमा निरन्तर इरानको प्रभाव बढ्दो छ ।


कस्तो लाग्यो ?

यो पनि