जेठ ०३, २०८१, बिहीबार
               

सैनिक कारवाहीमा २४ तालिवान लडाकुको मृत्यु

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिवान आतंककारी मारिएका छन् ।

संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकु मारिएको बताइएको छ । सेनाले कुन्दुज तथा अन्य भागमा शुक्रबार रातिदेखि विशेष कारबाही सुरु गरेको थियो ।

अफगानिस्तानको दक्षिणी भूभागमा रहेको से दराक नामको प्रान्तमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म गरेको कारबाहीमा १६ जना लडाकु मारिएका छन् ।

ती स्थानमा भएका कारबाहीमा परेर अरू १० जना घाइते पनि भएका बताइएको छ । सेनाले कुन्दुजका प्रान्तीय राजधानीबाट केही टाढा तालिवान लडाकुलक्षित हवाई र स्थलमार्गबाट गरेको कारबाहीको क्रममा ती तालिवान लडाकुहरू मारिएका बताइएको छ ।

त्यसैगरी अफगानिस्तानको सेनाले कुन्दुज नगरमा पनि हवाई तथा स्थलगत रूपमा तालिवानका लडाकुहरूमाथि कारबाही गरेको थियो ।त्यस कारबाहीका क्रममा अरू आठ जनाको ज्यान गएको थियो । यहाँको एक स्थानीय घरमा तालिवानहरू लुकेर बसेको सूचनाका आधारमा अफगान सेनाले कारबाही गरेको थियो ।

अफगानिस्तानको सरकार र यहाँका तालिवानीबीचमा शान्ति वार्ता हुने भनिए पनि त्यो अझै हुन सकेको छैन । त्यसैले पछिल्लो समयमा तालिवानहरूले पनि यहाँका सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि