जेठ ०२, २०८१, बुधबार
               

नेपालसहित एसियाभरि थप एक करोड ६० लाख कोरोना खोप दिने अमेरिकी घोषणा

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई कोरोना भाइरसविरुद्धको थप खोप दिने घोषणा गरेको छ । यो खोप नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्समार्फत् पठाइनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनका अनुसार खोपको संख्या १ करोड ६० लाख डोज रहेको छ । जुन महिनाको अन्तसम्ममा विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई ८ करोड खोप वितरण गर्ने अमेरिकी घोषणाअनुसार दुई करोड ५० लाख खोप वितरणको जानकारी यसअघि नै दिइसकिएको थियो ।

सोमबार थप ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गर्दै बाइडन प्रशासनले एसियाका १८ मुलुकले कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप पाउने जनाएको हो । जुन ३ को घोषणामा भने एशियाली मुलुकहरुले ७० लाख खोप पाउने भनिएको थियो ।

नेपालसहित एसियाली मुलुकलाई कोरोना भाइरसविरुद्धको थप एक करोड ६० लाख खोप दिने अमेरिकी घोषणा
पहिलो चरणको घोषणा अनुरुपको खोप जुन महिनाभित्र विभिन्न मुलुकमा पुग्ने पनि ह्वाइट हाउसले जनाएको छ ।

यसरी खोप पाउने एसियाली मुलुकमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान, फिलिपिन्स, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया, लाओस, पपुवा न्यूगिनी, ताइवान, कम्बोडिया र प्यासिफिक आइल्याण्ड रहेका छन् ।

नेपालले ठ्याक्कै कति मात्रा खोप पाउने छ भन्नेचाहिँ अझै खुलाइएको छैन । अमेरिकाले दिने ८ करोड खोपमध्ये ७५ प्रतिशत कोभ्याक्समार्फत् र २५ प्रतिशत भने सीधै वितरण गर्ने जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि