बैशाख १७, २०८१, सोमबार
               

राष्ट्रसङ्घद्वारा म्यानमार सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

एजेन्सी
असार ०५, २०७८

ADVERTISEMENT

संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा सत्ता हत्याउने सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ। यही वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप म्यानमारको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको हो ।

त्यस्तो आग्रहलाई विरल मानिन्छ ।

राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंस्रक दमन बन्द गर्न आह्वान पनि गरेको छ ।

कानुनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ ।

(बीबीसी)


कस्तो लाग्यो ?

यो पनि