चैत १५, २०८०, बिहीबार
               

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ३०, २०७८

ADVERTISEMENT

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ । खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा बिस्फोट स्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरूमा भर्ना गरिएको बताएका छन् । 

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान साढे ६ बजे उक्त बिस्फोट भएको थियो । बिस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो । खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि