बैशाख १३, २०८१, बिहीबार
               

भारतमा १८ वर्षमाथिका सबैलाई निःशुल्क खोप दिने मोदीको घोषणा

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

कोरोना महामारीबाट अतिप्रभावित भारतमा अब १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप पाउने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुन २१ देखि सबैलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यो खोप निःशुल्क हुने छ । त्यसका लागि खोपको ७५ प्रतिशत केन्द्र सरकारले खरिद गरी राज्य सरकारहरूलाई दिने मोदीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रको नाममा सोमबार सम्बोधन मोदीले यस्तो घोषणा गरेका हुन् । उनले कोभिडसँगको लडाइँमा भारत सरकारले नयाँ स्वास्थ्य संरचना तयार पारिसकेको जनाएका छन् ।

पूर्वीय दर्शनसँग लगाव रहेका मोदीले खोप योजना पनि सोहीअनुसारको मितिदेखि तय गरेका छन् । उनले खोप योजना सुरु गर्ने दिन जुन २१ योग दिवस हो ।

भारतमा अहिलेसम्म २३ करोड मानिसले खोप लगाइसकेका छन् । मोदीले बालबालिकाहरूका लागि समेत खोप परीक्षण भइरहेको जनाए । बालबालिकाका लागि तयार गरिएको खोप नाकबाट दिइने गरी परीक्षण भइरहेको उनले राष्ट्रलाई जानकारी गराए ।

भारत सरकारले हरेक विपन्न नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गरिरहेको छ । प्रधानमन्त्री गरिब कल्याण अन्न योजना नाम दिइएको सो कार्यक्रमलाई आगामी नोभेम्बरसम्म निरन्तरता दिने मोदीले बताएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा २ करोड ८९ लाख १७ हजार संक्रमित भइसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १४ लाख ८ हजार रहेको छ । कोभिड संक्रमणकै कारण ३ लाख ४९ हजार २९३ जनाको ज्यान गएको छ । 

यो पनि