जेठ ०८, २०८१, मंगलबार
               

अहिले नै कोरोनालाई जितेको घोषणा गर्न हुँदैन : सरुवा रोग विषेशज्ञ

नेपाल फ्ल्यास
जेठ १८, २०७८

ADVERTISEMENT

वासिङ्टन । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरस विरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएका छन् ।

संक्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोना भाइरसबाट संक्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन् ।

‘हामीले अहिले नै कोरोना भाइरस विरुद्धको जित भइसक्यो भनेर घोषणा गर्न चाहदैनौँ, किनकी हामी अहिले पनि त्यससँग लडिरहेका छौँ,’ उनले भने । तर धेरैभन्दा धेरै व्यक्तिहरुले खोप लगाइसकेको र समुदायस्तरमै खोप अभियान पुगेकोले रोगबाट सुरक्षाको अवस्था भने राम्रो रहेको उनको भनाइ छ ।

अमेरिकी एक प्रतिष्ठित पत्रिकासँगको कुराकानीका क्रममा उनले कोरोना भाइरसको खतरा भने पूर्णरुपमा अन्त्य भइनसकेको उल्लेख गरेका छन् । भाइरसको नयाँ नयाँ संस्करणहरु आइरहेकाले पनि खतरापूर्ण अवस्था भने रहिरहने उनले तर्क गरेका छन् । 

अमेरिका अहिले पनि सवैभन्दा धेरै संक्रमितहरु भएको मुलुकमा पर्दछ । अमेरिकामा अहिलेसम्म कुल तीन करोड ४० लाख ४३ हजार ११० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये छ लाख नौ हजार ५४४ जनाको मृत्यु भएको छ । 

यो पनि