रूसमा जनावरहरूलाई पनि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएकाे छ।
गत मार्चमा रूसले जनावरहरूका लागि बनाएको कोरोना भाइरसविरुद्धको संसारको पहिलो खोप कार्निभ्याक–कोभ पशु चिकित्सा क्लिनिकमा जनावरलाई खोप दिन थालेका छन् ।
कार्निभ्याक–कोभ खोप लाएपछि प्राप्त भएको इम्युनिट छ महिनासम्म रहन्छ । खोपको परीक्षणमा कार्निभ्याक कोभ जनावरका लागि हानिकारक नरहेको पुष्टि गर्दै खोप लगाएका जनावरको शरीरमा शतप्रतिशत एन्टिबडी उत्पादन गरेर कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्न प्रभावकारी देखिएको थियो ।