जेठ ०८, २०८१, मंगलबार
               

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु

एजेन्सी
जेठ १४, २०७८

ADVERTISEMENT

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस डुबेर हराइका छन् ।

दुर्घटना उत्तर पश्चिम राज्य केब्बीस्थित समुद्रमा भएको सीएनएनले जनाएको छ ।

डुङ्गामा कम्तीमा १ सय ५० यात्रु सवार भएको अनुमान छ । प्रारम्भिक अनुसन्धानमा क्षमताभन्दा बढी यात्रु सवार भएकोले दुर्घटना भएको हो ।

अहिलेसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भए पनि अझै केही दर्जनको मृत्यु भएको हुनसक्ने आशंका छ ।

केही घाइतेको उद्धार गरिएका छ । उनीहरूको स्थानीय अस्पतालमा लगिएको छ । उपचारपछि निको भएर केही घर फर्किएका छन् ।

यो पनि