बैशाख १३, २०८१, बिहीबार
               

भारतको २४ राज्यमा कोरोना संक्रमण घट्दै

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतको २४ राज्यमा कोरोना भाइरसबाट संक्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको संक्रमितहरुको विवरणमा २४ राज्यमा संक्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ । 

पछिल्लो एक हप्तामा यसरी संक्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले भाइरसबाट संक्रमित भएर अहिले निको हुनेहरुको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, ‘देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितहरुको संख्यामा कमी हुदै आएको देखिएको छ ।’ ती मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म संक्रमित हुने गरेका छन् ।

देशका १३ राज्यमा एक हजारभन्दा कम संक्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दैनिक संक्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ । 

दैनिक संक्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र संक्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरुको भनाई छ । 

भारतमा हाल कोरोनाका २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा २ लाख  ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि