बैशाख २२, २०८१, शनिबार
               

भारतमा ४० दिनयताकै कम संक्रमित थप

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

भारतमा पछिल्ला केही दिनदेखि कोभिड–१९ बाट संक्रमितको संख्या भने घटेको छ। गत २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ। भारतमा दुई लाखभन्दा कम व्यक्तिमा कोरोना सक्रमण भेटिएको ४० दिनयता हिजो पहिलो पटक हो। 

कोरोना सुरु भएयता हालसम्म यहाँ दुई करोड ६९ लाख २४ हजार  ८७४  जनामा कोरोना संक्रमण भइसकेको छ। भारतमा अझै पनि २५ लाख ८६ हजार ७८२ जनामा सक्रिय संक्रमित रहेका छन्। 

भारतमा कोरोना भाइरस महामारीबाट विगत २४ घण्टामा थप तीन हजार ७४१ जनाको मृत्यु भएको मन्त्रालयले मंगलबार जनाएको छ। सोमबार केही दिनयताको तुलनामा मृतकको संख्यामा पनि कमि आएको बताइएको छ। भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर सुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ। 

भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु  हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ। कोभिड–१९ को दोस्रो लहर निकै घातक रहेको र बिरामीलाई तत्कालै अक्सिजन दिनुपर्ने देखिएको छ। विज्ञहरुको भनाईमा भारत सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी संख्यामा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। यद्यपी यसको प्रष्ट विवरण प्राप्त भइसकेको छैन। 

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो। सो समयबाट हालसम्म करिब १९ करोड ८५ लाख ३८ हजार ९९९ डोज खोप लगाइएको छ।


कस्तो लाग्यो ?

यो पनि