बैशाख २२, २०८१, शनिबार
               

अमेरिकामा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

वासिङ्गटन । आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।जना घाइते भए । पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएन्एन्ले भनेको छ, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि