मंसिर ०७, २०८१, शुक्रबार
               

भारतमा एकै दिन साढे २ लाख सङ्क्रमित थप

नेपाल फ्ल्यास
जेठ ०९, २०७८

ADVERTISEMENT

काठमाडौंः भारतमा कोरोना भाइरसबाट एकैदिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । 

सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन्। त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । 

कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ । कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । 

यसअघि लामो समयसम्म सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो ।  अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि