मंसिर ०७, २०८१, शुक्रबार
               

विमान दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको बिबिसीले जनाएकाे छ । 

खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको सेनाले जनाएको छ। दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ।

राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू 'गहिरो दु:खमा परेको' बताएका छन्। ५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।

इस्लामिक लडाकुहरूका कारण एक दशकभन्दा लामो समयदेखि अस्थिरता झेलिरहेको उक्त पश्चिम अफ्रिकी देशमा त्यस्तो पुनर्संरचना सेनाको प्रभावकारिता बढाउने सरकारी उद्देश्य अन्तर्गत गरिएको थियो।

नाइजेरियन एयर फोर्सका अनुसार विमान कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सो दुर्घटना भएको थियो।


कस्तो लाग्यो ?

यो पनि