अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको मृत्यु भएकाे छ ।
केरला, गुजरात,गोवा, महाराष्ट्र, मुम्बइलगायतका राज्यहर"मा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ ।
बेपत्ता भएकाहर"को खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्याएकाे छ । भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।चक्रावातका कारण गुजरातका तटीय क्षेत्रहरुमा विद्युत सेवा र सडकहरु बन्द भएका छन् ।