मंसिर ०७, २०८१, शुक्रबार
               

इजरायली हवाई आक्रमणमा १८८ जना प्यालेस्टाइनी मारिए

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

गाजा । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टाइनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेस्टाइनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौँ दिनमा प्रवेश गरेको छ ।

मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टाइनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतङ्कवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ । 

इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतङ्ककारीको सूचीमा राखेको छ । सेनाले प्यालेस्टाइनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको दावी गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् ।

शनिबार राति दुबै देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टाइनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् ।

इजरायली र प्यालेस्टाइनीबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ । पछिल्लो पटक इजरेली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् ।

यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ । आक्रमणमा ती सञ्चारमाध्यमका कार्यालय रहेको भवन ध्वस्त भएको छ । मध्यपूर्वको अवस्था जटिल बन्दै गएपछि चीनको आग्रहमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक आइतबारका लागि बोलाइएको छ । 

यो पनि