बैशाख ०८, २०८१, शनिबार
               

भारतमा दैनिक संक्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

नयाँ दिल्ली । भारतमा कोरोनाबाट दैनिक संक्रमित सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । 

मुलुकभरी कोरोनाबाट दैनिक थप संक्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि संक्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । 

विगत चारयता संक्रमितको सङ्ख्या लगातार निको हुनेको भन्दा कम आउनुले संक्रमण दर कम हुँदै जाने विश्वास स्वास्थ्य विज्ञहरूले लिएका छन् । दश राज्यमा निको हुनेको सङ्ख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले देखाएको छ । 

भारतमा हालसम्म संक्रमित हुनेको सङ्ख्या दुई करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय संक्रमितको सङ्ख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कमी हो ।


कस्तो लाग्यो ?

यो पनि