बैशाख १६, २०८१, आइतबार
               

जापानको थप तीन राज्यलाई स्वास्थ्य संकट क्षेत्र घोषणा

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

टोकियो । जापानले कोरोना वृद्धि भएको भन्दै थप तीन राज्यमा स्वास्थ्य संकट क्षेत्र घोषणा गरेको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले शुक्रबार होक्काइदो, ओकायामा र हिरोशिमा क्षेत्रहरूमा स्वास्थ्य संकट बिस्तार गर्ने घोषणा गरेका हुन् । 

सरकारले यसअघि टोकियो, ओसाका, ह्योगो र क्योटोमा स्वास्थ्य संकटको अवस्था मे अन्त्यसम्मका लागि विस्तार गरेको छ भने यसलाई आइची र फुकुओका क्षेत्रमा पनि विस्तार गर्ने बताएको छ । 

यसैबीच, सरकारले गुन्मा, इशिकावा र कुमामोटो प्रान्तहरूमा स्वास्थ्य क्षेत्रमा अर्ध–संकटकाल विस्तार गर्ने पनि प्रधानमन्त्री सुगाले बताए । 

स्वास्थ्य कार्यदलको बैठकमा सुगाले भने, ‘होक्काइडो, ओकायामा र हिरोशिमामा संक्रमण बढेका कारण यहाँ कडा प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।’ यहाँ आइतबारदेखि मे ३१ सम्म मद्यपान गर्न र रेष्टुरेन्टहरूमा प्रतिबन्ध लगाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि