बैशाख १४, २०८१, शुक्रबार
               

भारतले काेराेनाबारे वैज्ञानिकले दिएकाे चेतावनी बेवास्ता गरेकाे खुलासा

नेपाल फ्ल्यास
बैशाख १८, २०७८

ADVERTISEMENT

भारत सरकारले कोरोना भाइरसको अति संक्रामक दोस्रो लहरलाई लिएर वैज्ञानिकहरूले दिएको चेतावनीलाई बेवास्ता गरेको खुलेको छ ।

सरकारकै तर्फबाट गठित वैज्ञानिक सल्लाहकारहरूको एक फोरमले गएको मार्चको सुरुवातमा भारतीय अधिकारीहरूलाई देशमा नयाँ तथा बढि संक्रामक कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिने चेतावनी दिएका थिए।

फोरममा रहेका पाँच वैज्ञानिकले समाचार संस्था रोयटर्सलाई यो जानकारी दिएका हुन्। चेतावनीका बाबजुद केन्द्र सरकारले भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि विस्तारित स्तरमा कडा प्रतिबन्ध नलगाएको वैज्ञानिकहरूले बताएका छन्।

मास्क नलगाई लाखौँ मानिसहरू धार्मिक कार्यक्रम तथा राजनीतिक र्‍यालीहरूमा सहभागी भएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी तथा अरु विपक्षी दलका नेताहरूले चेतावनीका बाबजुद राजनीतिक तथा धार्मीक भेला गरेका थिए। यस्तै दिल्लीमा मोदी सरकारले ल्याएका कृषि सम्बन्धी तीन कानूनको विरोधमा किसानहरूले प्रदर्शन पनि गरेका थिए।

विश्वमै सबैभन्दा धेरै जनसंख्या हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहर अति भयावह अवस्थामा छ । यो पटकको संक्रमण पहिलो लहर भन्दा निकै बिस्तारित र भयावह छ। दोस्रो लहर भयावह हुनुमा कोरोना भाइरसको नयाँ भेरियन्ट कारक रहेको वैज्ञानिकहरूले बताउने गरेका छन्।

वैज्ञानिकसहितको सो फोरम सरकारले गएको डिसेम्बरको अन्तिममा गठन गरेको थियो। सार्वजनिक स्वास्थ्यका लागि खतरा हुन सक्ने कोरोना भाइरसका जिनोमिक भेरियन्ट पत्ता लगाउने जिम्मेवारी फोरममाथि थियो। भाइरसको भेरियन्टमाथि अध्ययन गरिरहेका राष्ट्रिय स्तरका १० प्रयोगशालाहरूलाई एक ठाउँमा ल्याएर सो फोरमले अध्ययन गरेको थियो।

फोरमका सदस्य तथा सरकारबाट सञ्चालित जीव विज्ञान संस्थानका निर्देशक अजय परिदाले रायटर्ससँग भनेका छन्, ‘आइएनएसएसिओजीका अनुसन्धानकर्ताले फेब्रुअरीमै बी१६१७ (भारतीय भेरियन्ट) पत्ता लगाएका थिए।’ अध्ययनको निष्कर्ष मार्च १० पहिले नै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल सेन्टर फर डिजिज कन्ट्रोल (एनसिडिसी) लाई बुझाएर यो भेरियन्टको संक्रमण देशका विभिन्न क्षेत्रमा तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिएको अर्का एक वैज्ञानिकले बताएका छन्।

उत्तरी भारतमा अनुशन्धान केन्द्र सञ्चालन गरिरहेका ती वैज्ञानिकका अनुसार स्वास्थ्य मन्त्रालयमा आफूहरूको अध्ययन पुगे पनि कुनै जवाफ दिएको थिएन। सोही समय आसपासमा फोरमले स्वाथ्य मन्त्रालयका लागि प्रेस वक्तव्यको ड्राफ्ट तयार गरेको थियो।

सो ड्राफ्टको एक प्रति आफूले प्राप्त गरेको रोयटर्सले उल्लेख गरेको छ। त्यसमा अध्ययनको निष्कर्ष यसरी उल्लेख गरिएको छ–कोरोना भाइरसको भारतीय नयाँ भेरियन्ट दुई महत्वपूर्ण म्युटेशनबाट बनेको हो, यो मानिसको कोषिकासँग टाँसिएर बस्छ । 


कस्तो लाग्यो ?

यो पनि