भारतमा एकैदिन ३ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् । मंगलबार भारतभरि ३ हजार २८६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २ लाख पार गरेको छ ।
रतमा अझै पनि संक्रमण तीव्र रूपमा बढिरहेकाले मृत्युदर पनि बढ्ने अनुमान छ । मंगलबारमात्र भारतमा एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन् । पछिल्ला सात दिनदेखि भारतमा हरेकदिन ३ लाख बढी संक्रमित थपिएका छन् ।
कोरोनाबाट सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउनेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ । त्यहाँ ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ। दोस्रो नम्बरमा ब्राजिल (३ लाख ९२ हजार) र तेस्रो नम्बरमा मेक्सिको (२ लाख १५ हजार) छ । कोरोनाबाट २ लाख बढी नागरिकको मृत्यु हुनेको भारत चौंथो मुलुक बनेको छ।