बैशाख ०८, २०८१, शनिबार
               

प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरूलाई आग्रह गर्नुभएको छ ।

“मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरूले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए । प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाइ थियो । 

“स्वास्थ्यकर्मीहरू नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरूले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उनले भने । 

स्वास्थ्यकर्मीहरूका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए । विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उनहरूले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए । 

कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन् । 

त्यसैगरी सोही अवधिमा भारतभर गरेर कूल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि