बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गरी बम विस्फोट

एजेन्सी
बैशाख ०९, २०७८

ADVERTISEMENT

पाकिस्तानको क्वेटामा रहेको होटेल सेरेनामा बम विस्फोट गरिएको छ । 

आक्रमण चिनियाँ राजदूत लक्षित गरी भएको प्रारम्भिक अनुमान गरिएको छ । आक्रमणमा चार जनाको मृत्यु भएको छ । त्यस्तै ११ जना घाइते भएका छन् । 

पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको कार होटेलमा विस्फोट गराएको जानकारी दिएका छन् ।

आक्रमणको समयमा पाकिस्तानस्थित चिनियाँ राजदूत नोन रङ अर्कै स्थानमा रहेको समाचार एजेन्सीहरूले जनाएका छन् । 

आक्रमणको जिम्मा पाकिस्तानी तालिवानले जिम्मेवारी लिएको छ ।


कस्तो लाग्यो ?

यो पनि