मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमण भएर अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख ०७, २०७८

ADVERTISEMENT

नयाँदिल्ली । भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेतासमेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार संक्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । ‘पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोना भाइरसको संक्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,’ एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  

उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस संक्रमित हुने गरेका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई लाख ७३ हजार ८१० संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ लाखभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको ‘स्पुत्निक–भी’ भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

सरकारले सवै बयस्कहरुलाई मे महिनादेखि खोप लगाउन थाल्ने भएको छ । यसअघि प्राथमिकता क्रममा परेकाहरुलाई खोप लगाउदै आएकोमा अव बयस्कहरु सवैलाई खोप लगाइने भएको हो ।  

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको बैठकले १८ बर्षभन्दा माथिका सवै व्यक्तिलाई मे महिनाको पहिलो दिनदेखि खोप लगाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो पनि