भारतमा कोरोना भाइरसबाट एकैदिन दुई लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ८१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सो अवधिमा कोभिड–१९ का कारण १६ सय १९ जनाको ज्यान गएको मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतमा कुल संक्रमितको संख्या एक करोड ५० लाख ६१ हजार ९ सय भन्दा बढि पुगेको छ । अहिलेसम्म कोभिड–१९ बाट एक लाख ७८ हजार ७६९ जनाको ज्यान गएको छ।
सक्रिय संक्रमितको संख्या १९ लाख २९ हजार ३२९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।