जेठ ०८, २०८१, मंगलबार
               

अमेरिकामा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

अमेरिकाको इन्डियानापोलिस सहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहरूले एक व्यक्तिले स्वचालित बन्दुकबाट गोली चलाएको र धेरै राउन्ड फायर गरेको बताएका छन् । प्रहरीले गोली चलाउने व्यक्ति पनि मारिएको बताएका छन् । 

प्रहरीले उक्त गोलीकाण्डमा धेरै व्यक्तिलाई गोली लागेको र घाइतेहरूलाई तत्कालै अस्पताल पुर्‍याइएको जनाएको छ । गत महिना पनि दक्षिणी क्यालिफोर्नियामा भएको यस्तै आक्रमणमा एक बच्चासहित चार व्यक्तिको गोली लागेर ज्यान गएको थियो । मार्च २२ मा पनि कोलोराडो राज्यको बाउल्डरमा गोली चल्दा १० जनाको मृत्यु भएको थियो ।

संयुक्तराज्य अमेरिकामा हरेक वर्ष गोली लागेर झण्डै ४० हजार व्यक्तिको मृत्यु हुने गरेको अध्ययनहरुले देखाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि