बैशाख १७, २०८१, सोमबार
               

अमेरिकाले लगायो रुसलाई प्रतिबन्ध

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

अमेरिकाले रुसविरुद्ध प्रतिबन्ध लगाएको छ। लामो समयदेखि दुई देशबीचको सम्बन्धमा रहेको चिसोपनको असरस्वरुप अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको हो । 

अमेरिकाले रुसी अधिकारीहरुलाई निष्कासित गर्दै रुसका कम्पनीहरुलाई समेत प्रतिबन्ध लगाएको छ । उसले सर्वभौम ऋण बजारमा रुसी बैंकको ऋणपत्रसमेत खरिदबिक्री नगर्ने गरी रोकेको छ । 

अमेरिकाले रुसमाथि साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार तथा युक्रेनलाई धम्क्याएको भन्दै प्रतिबन्धको घोषणा गरेको हो । साथै, अमेरिकाले १० कूटनीतिज्ञलाई निष्कासन पनि गरेको छ । 

बिबिसीले ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपति कार्यालय) ले प्रतिबन्धको उद्देश्य रुसका ‘हानिकारक गतिविधि’ रोकथाम भनेको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष ‘सोलरविन्ड्स’को ठूलो ह्याकिङमा रुसका कूटनीतिज्ञको हात थियो।’

साथै अमेरिकाले गत वर्ष सन् २०२० मा सम्पन्न आफ्नो राष्ट्रपतीय निर्वाचनमा पपिन रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ। अमेरिकाको आरोप अस्वीकार गर्दै रुसले अमेरिकाको कदमको जवाफ दिने चेतावनी दिएको छ।


कस्तो लाग्यो ?

यो पनि