मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

साओ पाउलो । ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना संक्रमणबाट ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ । 

सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएपछि कुल संक्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ ।

यहाँ कोरोना भारइसको माहामारी सुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ । ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् । ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरुमा अधिक भार परेको जनाइएको छ  । 

यो पनि