मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाको महामारी तीव्र भएपछि दिल्लीमा निशेधाज्ञा जारी

नेपाल फ्ल्यास
बैशाख ०३, २०७८

ADVERTISEMENT

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी समेतरहेको दिल्लीमा  निशेधाज्ञा जारी  गरिएको छ । कोरोना भाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

‘कोरोना भाइरसको महामारी थप फैलिन नदिनका लागि दिल्लीमा कफ्र्यु लगाउनुपर्ने निश्कर्षमा हामी पुगेका हौँ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने । सरोकारवाला र विज्ञहरुसहितको उच्चस्तरीय बैठकपछि बिहीबार मुख्यमन्त्री केजरीवालले अप्रीय निर्णय गर्न प्रदेश सरकार बाध्य भएको उल्लेख गरे ।

गत बुधबार मात्रै दिल्लीमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका थिए । सरकारी अधिकारीहरूका अनुसार बुधबार दिल्लीमा एकैदिन १७ हजार २८२ जना संक्रमित भएका थिए भने १०४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । दिल्ली प्रदेशमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट सात लाख ६७ हजार ४३८ जना संक्रमित भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

ती मध्ये ५० हजार ७३६ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार दिल्ली प्रदेशमा मात्रै कोरोनाका कारण अहिलेसम्म ११ हजार ५४० जनाको मृत्यु भएको छ । 

भारत देशभरी भने गत २४ घण्टामा थप २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार भारतमा कोरोना भाइरस संक्रमणको माहामारी सुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संंक्रमित भएको बुधबार पहिलो पटक हो । 

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । 

पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी संक्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ संक्रमितहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् । 

यो पनि