मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन भारतमा थपिए २ लाखभन्दा बढी संक्रमित

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

भारतमा कोरोना भाइरसको संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या दुई लाख भन्दा बढि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । 

हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि