चैत १६, २०८०, शुक्रबार
               

भारतमा एकै दिन १ लाख ६१ हजार जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख ०१, २०७८

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा दिनमा १ लाख ६१ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत २४ घण्टामा भारतमा १ लाख ६१ हजार ९१२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस सुरु भएयताकै धेरै मध्येमा पर्दछ । 

भारतमा हिजो मात्र पनि १ लाख ६८ हजार जनामा कोरोना संक्रमण भएको पाइएको सरकारी स्रोतले सोमबार जनाएको थियो । पछिल्ला केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् । 

यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । यहाँ मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । 

त्यसैगरी भारतमा गएको २४ घन्टा यता ८७९ जनाको यस संक्रमणका कारण मृत्यु भएको छ । यो समेत गरी यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७१ हजार नाघेको छ । कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको केन्द्रीय सरकारले मंगलबार जानकारी दिएको छ ।

गएको आइतबार मात्र भाइरस संक्रमणको कारण ९०४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसवर्ष सुरु भएपछि हालसम्मको तथ्यांकलाई हेर्दा यो संख्या सबैभन्दा उच्च हो । भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख भन्दा बढी भएको जनाइएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि